महाधिवेशन प्रतिनिधिको निर्णय शिरोधार्य : पशुपतिशमशेर – Nepal Press

महाधिवेशन प्रतिनिधिको निर्णय शिरोधार्य : पशुपतिशमशेर

काठमाडौं । राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले महाधिवेशन प्रतिनिधिको निर्णय आफूहरूलाई शिरोधार्य रहेको बताएका हुन् ।

महाधिवेशन उद्घाटन सत्रमा सहमतिमा नेतृत्व चयन गर्न आग्रह गर्दा निर्वाचनमा गएको भन्दै उनले निर्वाचनबाट आएको परिणाम आफूलाई स्वीकार्य रहेको बताए । साथै उनले अरू नेतालाई पनि परिणाम स्वीकार्न सुझाव दिए ।

नयाँ नेतृत्वले देश र जनताको हितमा काम गर्न सकोस् भन्दै उनले शुभकामना पनि दिए ।

निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देनलाई अध्यक्षमा निर्वाचित गरेको महाधिवेशनले चयन गरेको पदाधिकारी र सदस्यले हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने काम गर्न सक्नुपर्ने जबराको भनाइ छ । यसका लागि आफ्नो साथ र सहयोग निरन्तर रहने विश्वास दिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर