भीम रावलको मत – संसद अवरूद्ध गर्नुको औचित्य छैन – Nepal Press

भीम रावलको मत – संसद अवरूद्ध गर्नुको औचित्य छैन

काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले संसद अवरुद्ध पारिरहनुको औचित्य नभएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद अवरुद्ध गर्ने संकेत गरेका बेला जनताको आवाज उठानुपर्ने थलो अवरुद्ध पार्नुको अर्थ नहुने बताएका हुन् ।

ट्वीट गर्दै रावलले अवरोध नै गर्ने भए सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्ने नभए अवरोधको अर्थ नहुने भनाइ राखेका छन् ।

‘संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो,’ उनले भनेका छन्, ‘सरकारका सबै कामकारवाही हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको अ‍ौचित्य छैन ।’

उनले थपेका छन्, ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो । अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।’

एमाले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएयता रावलको यो पहिलो सार्वजनिक टिप्पणी हो ।


प्रतिक्रिया

One thought on “भीम रावलको मत – संसद अवरूद्ध गर्नुको औचित्य छैन

  1. अब एमालेले गर्ने हरेक निर्णयमा यिनकाे उल्टाे मत आउँछ । यस्तै हाे भने बाँकी संगठित सदस्यबाटै विदा गरिदिउँ । उनलाई पनि सजिलाे एमालेलाई पनि हाईसञ्चाे । यस्ता विराेधी हुनु भनेकाे एमालेलाई फाईदा हुने कुरा त साेच्दै नसाेचाै घाटा बाहेक केही छैन । अब दलालहरूले एमाले विरूद्द यिनैलाई प्रयाेग गर्छन । तिनले उचालेकाेमा यी मख्ख परेर झन कुर्लिन्छन् । शंका त के छ भने यी कसैका गाेटी त हाेईनन् एमाले विरूद्द प्रयाेग भैरहेका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर