प्रदेश १ को सभापतिमा अग्रता बढाउँदै गुरुराज घिमिरे – Nepal Press

प्रदेश १ को सभापतिमा अग्रता बढाउँदै गुरुराज घिमिरे

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

सभापतिमा संस्थापनइतर पक्षका उम्मेदवार गुरुराज घिमिरेले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो सार्वजनिक परिणाम अनुसार घिमिरेले ३९ मतको अग्रता हासिल गरेका छन् । घिमिरेले २ सय १२ मत ल्याउँदा देउवा–सिटौला समूहका उम्मेदवार उद्धव थापाले १ सय ७३ मत ल्याएका छन् ।

घिमिरे केन्द्रीय सदस्य हुन् भने, थापा झापा कांग्रेसका पूर्व सभापति हुन् । घिमिरेलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाकं कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइरालाको समर्थन रहेको छ ।

थापालाई सभापति शेरबहादुर देउवा, उपसभापति विजयकुमार गच्छदार र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला लगायतको समर्थन रहेको छ ।

प्रदेश १ को पदाधिकारी तर्फपनि घिमिरे प्यानलका उम्मेदवारहरुले अग्रता लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर