महाधिवेशनपछि एमालेको पहिलो सर्कुलर : मतदाता नामावली कसैको नछुटोस् – Nepal Press

महाधिवेशनपछि एमालेको पहिलो सर्कुलर : मतदाता नामावली कसैको नछुटोस्

काठमाडौं । नेकपा एमालेले मतदाता सङ्कलनमा चासो दिन सबै कमिटीहरूलाई सर्कुलर गरेका छ । पार्टी महासचिव शङ्कर पोख्रेलले मताधिकारको लागि सबैलाई मतदाता नामावली र आवेदन फारम भर्न आग्रह गरेका हुन् ।

मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्न र गराउन निर्देशन जारी गरिएको छ । निर्देशनमा आगामी दश दिन सम्म हुने मतदाता नामावली सङ्कलन अभियानमा सहभागी हुन भनिएको छ ।

१८ वर्ष पुरा भएका सबै नागरिकहरूलाई मतदाता नामावली सङ्कलनमा सहयोग गर्न समेत सर्कुलरमा उल्लेख गरिएको छ । उनीहरूलाई पालिका केन्द्रमा पुराउन समेत सहयोग गर्न सबै कमिटीहरूलाई निर्देशन दिइएको छ ।

मृत्यु भएका, बसाइँ सराइ भएका वा अन्य हिसाबले अयोग्य रहेकाहरूको नामावली हटाउन प्रक्रियागत रूपमा अघि बढ्न भनिएको छ ।

मतदान गर्ने उमेर पुगेका तर, नाम छुटेकाहरूको आफू रहेकै स्थानमा नामावली फारम भर्न समन्वय गर्न भनिएको छ ।

निर्वाचन आयोग, निर्वाचन कार्यालय र मतदाता नामावलीमा खटिएकाहरूसँग पनि समन्वय गर्न निर्देशनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

One thought on “महाधिवेशनपछि एमालेको पहिलो सर्कुलर : मतदाता नामावली कसैको नछुटोस्

  1. चुनावकाे तयारीमा लागेकाे संकेत । प्रत्येक एमाले कार्यकर्ताले साथ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर