छलफलमा जुटे रामचन्द्र, शशांक, प्रकाशमान र शेखर
नेपाल प्रेस
२०७८ मंसिर २० गते १८:००
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
प्रदेश अधिवेशनको परिणाम समिक्षा र अबको रणनीतिबारे छलपल गर्न इतरपक्षका शीर्ष ४ नेता छलफलमा जुटेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सुरु भएको बैठकमा महामन्त्री डा।शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा।शेखर कोइराला सहभागि छन् ।
चारै जना नेताले १४ औं महाधिवेशनमा सभापतिमा दावी गरिरहेका छन् ।
आजको बैठकमा साझा उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर