कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी – Nepal Press

कांग्रेस अधिवेशन : सर्लाही–४ मा मतदान जारी

सर्लाही । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सर्लाही–४ मा अधिवेशन सुरु भएको छ ।

नयाँ क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भइरहेको छ ।

अधिवेशनमा अमरेशकुमार सिंह पक्षबाट हरेन्द्र सहनी र वीरेन्द्र सिंह समूहका रामआश्रय साह सभापतिका उम्मेदवार छन् । करिब ८०० मतदाता छन् ।

अमरेश र वीरेन्द्र दुवै महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार बनेका छन् । अमरेश र वीरेन्द्र पक्षबीचकै विवादका कारण सर्लाहीका चारवटै निर्वाचन क्षेत्रमा अधिवेशन हुन सकेको थिएन ।

अहिले क्षेत्र नम्बर १ र ४ मा मतदान भइरहेको छ भने ३ मा प्रक्रिया सुरु भएको छ । क्षेत्र नम्बर ३ मा बुधबार मतदान हुने भएको छ । क्षेत्र नम्बर २ मा अझै विवाद कायमै छ ।

जिल्लाको गोडैता नगरपालिका–५ रामवनमा अधिवेशन भइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर