साझा उम्मेदवार बनाउन पौडेल पक्षको भेला भोलि, शेखरले भने – म जान्न – Nepal Press

साझा उम्मेदवार बनाउन पौडेल पक्षको भेला भोलि, शेखरले भने – म जान्न

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार टुंगो लगाउन बुधबारका लागि डाँकिएको भेलामा नेता शेखर कोइराला सहभागी नहुने भएका छन् ।

मंगलबार दिनभरी छलफलबाट साझा नाममा सहमति जुटेको र निर्णय बुधबार हुने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएपनि सो भेलामा सहभागी नहुने नेता कोइरालाले बताएका हुन् ।

मंगलबारको बैठकपछि औपचारिक प्रतिक्रिया दिन भने मानेन तर उनले अनौपचारिक रुपमा आफू बुधबारको भेलामा सहभागी नहुने बताए ।

वरिष्ठ नेता पौडेलले भेलाबाट निर्णय हुने बताएको बैठकमा नगएपनि निर्णय मान्य हुने वा नहुने भन्ने विषयमा भने उनले केही भनेन् ।

उनले भने — भोलीको बैठकमा म जान्न, उहाँहरूले छलफल गर्नुहुन्छ ।

पार्टीका निवर्तमान र नवनिर्वाचित जिल्ला सभापति, प्रदेश सभापति र प्रत्याशी तथा केन्द्रीय सदस्यहरुसहितको भेलामा पौडेलबाहेक सभापतिका अन्य दाबेदार प्रकाशमान सिंह र शेखर कोइराला सहभागी नहुने र भेलाको सुझाव अनुसार नेताहरु फेरि बस्ने केन्द्रीय सदस्य बद्री पाण्डेले नेपाल प्रेसलाई जानकारी दिए ।

भेलामा सभापतिका सबै दाबेदार एकै ठाउँमा रहँदा सहभागीहरुले खुलेर बोल्न र सुझाव दिन हिच्किचाउने भएकाले अहिलेसम्म संस्थापन इतर समूहको नेता पौडेल नै भएकाले यो भेला पौडेलले नै सन्चालन गर्ने सहमति अनुसार नै नेताहरु बैठकमा सहभागी नहुने भएका हुन् ।

अर्का नेता शशांक कोइराला भने आफू सभापतिको दौडबाट पछि हटेको बताएका छन् ।

उनले आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर