कांग्रेस महाधिवेशनमय बन्यो भृकुटीमण्डप, उम्मेदवारका पोस्टर र ब्यानर यत्रतत्र – Nepal Press

कांग्रेस महाधिवेशनमय बन्यो भृकुटीमण्डप, उम्मेदवारका पोस्टर र ब्यानर यत्रतत्र

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । उद्घाटनस्थल भृकुटीमण्डप यतिबेला महाधिवेशनमय बनेको छ ।

भृकुटीमण्डपको बाहिरी भागदेखि भित्रैसम्म कांग्रेस नेतृत्वका आकांक्षीहरुको पोष्टर र ब्यानरहरु यत्रतत्र टाँगिएका छन् । अधिकांस प्रचार सामग्रीहरु केन्द्रीय सदस्यका आकांक्षीका छन् । अध्यक्षका आकांक्षी विमलेन्द्र निधी र प्रकाशमान सिंहका पनि एकाध व्यानर देखिए ।

नेता निधीको व्यानरमा उनलाई अध्यक्षमा भोट दिन अपिल गरिएको छ । सिंहको व्यानरमा भने त्यस्तो केही छैन । उनले महाधिवेशन प्रतिनिधीहरुलाई स्वागत मात्रै गरेका छन् ।

कांग्रेस पदाधिकारीमा भने आकांक्षीहरु अझै खुलिसकेका छैनन् साथै, संस्थापनइतर समूहबाट अध्यक्षको उम्मेदवारको छिनोफानो हुन बाँकी छ । कांग्रेस महाधिवेशन उद्घाटन भृकुटीमण्डपमा शुक्रबार हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर