भेलाको म्याण्डेट बोकेर प्रकाशमानलाई मनाउन तीन नेता चाक्सीबारीमा – Nepal Press

भेलाको म्याण्डेट बोकेर प्रकाशमानलाई मनाउन तीन नेता चाक्सीबारीमा

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको अघिल्लो दिनसम्म पनि सभापतिमा साझा उम्मेदवार तय गर्न नसकेको संस्थापन इतर समूहका केन्द्रीय सदस्यको भेलाको निष्कर्ष लिएर तीन नेता प्रकाशनमान सिंहको निवास चाक्सीबारी गएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको भेलाले प्रकाशमान सिंहलाई पनि सहमतिमा ल्याउन महेश आचार्य, बलवहादुर केसी र अर्जुन नरसिंहलाई जिम्मा दिएको हो । प्रकाशमान सिंहबाहेक अन्य नेता भेलाको निर्णय अनुसार अघि बढ्न तयार छन् ।

सिंहले सभापतिमा दाबी छाडेका छैनन् । भेलाको निष्कर्ष सार्वजनिक नगरिए पनि देउवालाई परास्त गर्न संस्थापन इतर पक्षबाट एउटै उम्मेदवार बन्नुपर्ने र अहिलेको अवस्थामा रामचन्द्र पौडेललाई अघि सार्ने तयारी रहेको एक नेताले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर