त्रिविमा करार शिक्षकलाई स्थायी गर्ने निर्णयविरुद्ध सत्तारुढ र विपक्षी विद्यार्थी संगठन, तत्काल खारेज गर्न माग – Nepal Press

त्रिविमा करार शिक्षकलाई स्थायी गर्ने निर्णयविरुद्ध सत्तारुढ र विपक्षी विद्यार्थी संगठन, तत्काल खारेज गर्न माग

काठमाडौं । सत्तारुढ दलनिकट विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । सत्तारुढ दल निकट विद्यार्थी संगनठहरुको संयुक्त विद्यार्थीको बिहीबार बसेको बैठकले निणर्य फिर्ता नगरे प्रतिरोधमा उत्रिने समेत चेतावनी दिएको छ।

‘त्रिभुवन विश्वविद्यालयले करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेजीको माग गर्दछौं,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आन्तरिक प्रतिस्पर्धाको नाममा गरिने उक्त प्रक्रियाले विश्वविद्यालयको गुणस्तर खस्किने र गलत नजिर बस्ने भएकाले उक्त निर्णय कार्यान्वयन हुन नदिने र त्यसका निम्ति संयुक्त विद्यार्थी आन्दोलन शसक्त प्रतिरोधमा उत्रिने चेतावनी दिन चाहन्छौं ।’

यसै विषयलाई लिएर त्रिवि केन्द्रीय क्याम्पसमा भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप र गिरफ्तारीको गरेकोप्रति खेद व्यक्त गर्दै भोलि १ बजे किर्तिपुर क्याम्पसमा बृहत प्रदर्शन गर्ने बताएको छ।

यसैबीच विपक्षी विद्यार्थी संगठन अनेरास्ववियुले पनि निर्णय खारेज गर्न माग गरेको छ। अनेरास्ववियुले आज त्रिवि सेवा आयोगका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ। उही विषयको सबै विद्यार्थीले विरोध गरे पनि आन्दोलन भने फरक–फरक तरिकाले गरेका छन् ।

हिजो मात्रै त्रिवि निर्णयविरुद्ध सत्तारुढ विद्यार्थीं संगठनले त्रीवी परिषरमै प्रदर्शन गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर