अन्य पार्टीबाट प्रवेश गराउनेको अध्ययन गर्न माओवादीले बनायो समिति – Nepal Press

अन्य पार्टीबाट प्रवेश गराउनेको अध्ययन गर्न माओवादीले बनायो समिति

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आफ्नो पार्टीमा प्रवेश गर्नेहरुबारे अध्ययन गर्न अध्ययन समिति बनाएको छ।

माओवादीको बिहीबार बसेको स्थायी समिति बैठकले नेता देव गुरुङको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको प्रवक्ता कृष्णबहादुर महराले जनाकारी दिए ।

समिति सदस्यहरुमा गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेका छन् ।

त्यस्तै माओवादीले केन्द्रीय विभागमा महिला विभाग थप गर्दै पम्फा भुसाललाई प्रमुख तोकेको छ । माओवादीले यसअघि ३३ विभाग र एक प्रतिष्ठान गठन गरिसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर