प्रतिपक्षीको सामना गर्ने कांग्रेस बनाउन सक्नेलाई चुन्नुपर्छ : पौडेल (भिडिओ) – Nepal Press

प्रतिपक्षीको सामना गर्ने कांग्रेस बनाउन सक्नेलाई चुन्नुपर्छ : पौडेल (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षीहरुको समेत सामना गर्न सक्ने कांग्रेस बनाउनेलाई पार्टी सभापति चुन्नुपर्ने बताएका छन् ।

कांग्रेस महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पौडेलले भने– यो एउटा यस्तो घडी हो, जुन घडीमा हाम्रो भविष्य निर्धारण गर्नुपर्छ। हाम्रो पार्टीलाई प्रतिपक्षीसँग सामना गर्ने कांग्रेस बनाउन कसरी सक्छौं ? यो देशको भरपर्दो शक्ति कसरी बनाउन सक्छौं ? अब महाधिवेशनबाट यही निर्णय गर्नुपर्ने छ।

‘गौरवका साथ उभिने पार्टी कसरी बनाउने ? सैद्दान्तिकरुपमा बहस गरेर कम्युनिष्टलाई छेउ लगाउने कांग्रेस कसरी बनाउने ? आज सवाल यही छ,’ उनले थपे।

पौडेलले आफूले पार्टी एकतका लागि जहिले पनि योगदान दिएको बताए। ‘म जहिले पनि यो पार्टी भित्र एकताका लागि लडेको छु,’ उनले भने, ‘आफूले अन्याय सहेर पनि पार्टी एकताका लागि योगदान दिएको छु ।’

प्रतिगमनविरुद्ध आफूले दमौलीबाट संघर्ष गरेको र त्यसको प्रतिफल स्वरुप देउवाले प्रधानमन्त्री बन्ने अवसर पाएको पनि पौडेलको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर