सोलुखुम्बु कांग्रेसका नेता कार्कीको उम्मेदवारी केन्द्रीय सदस्यमा – Nepal Press

सोलुखुम्बु कांग्रेसका नेता कार्कीको उम्मेदवारी केन्द्रीय सदस्यमा

काठमाडौं । नेपाली कांग्रेस उद्योग व्यापार विभागका सदस्य प्रकाशसिंह कार्कीले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् । सोलुखुम्बुका कांग्रेस नेता कार्की प्रदेशसभा सदस्यको उम्मेदवारसमेत रहेका थिए ।

लामो समयदेखि उद्यमशीलताको क्षेत्रमा सक्रिय कार्कीले पार्टीलाई संगठित, समावेशी र गतिशील बनाउने अभियानमा योगदान दिन आफू उम्मेदवार बनेको बताएका छन् । ‘कांग्रेसमा सबै वर्ग र क्षेत्रका व्यक्तिहरु अट्ने तथा समाजको सबै क्षेत्रले भरोसा गर्ने अवस्था निर्माण गर्नुपर्छ भनेर केन्द्रीय सदस्यको उम्मेदवार बनेको हुँ’, कार्कीले भने ।

उनले १४ औं महाधिवेशनबाट कांग्रेसलाई एकतावद्ध र सुदृढ बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर