प्रकाशमान र सुजाता एकै ठाउँमा, कोइराला परिवार फुट्यो – Nepal Press

प्रकाशमान र सुजाता एकै ठाउँमा, कोइराला परिवार फुट्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूह औपचारिक रुपमै विभाजित भएको छ । योसँगै कांग्रेसका संस्थापक कोइराला परिवारसमेत तितरवितर भएको छ ।

संस्थापनइतर समूहका प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी घोषणा गर्न लाग्दा कोइराला परिवारकी एक सदस्य सुजाता कोइराला पनि प्रकाशमानलाई समर्थन गर्न पुगेकी छन् ।

उनी प्रकाशमानको प्यानलबाट उपसभापतिको उम्मेदवार बन्ने भएकी छन् । कोइराला परिवारका तीन सदस्यमध्ये शशांक कोइराला र शेखर कोइराला सभापतिका दाबेदार थिए ।

शशांकले रामचन्द्र पौडेललाई छाडे पनि शेखर दौडमै छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर