माओवादीका प्रदेश सम्मेलन शुरु, प्रचण्डद्वारा एकैपटक भर्चुअल उद्घाटन – Nepal Press

माओवादीका प्रदेश सम्मेलन शुरु, प्रचण्डद्वारा एकैपटक भर्चुअल उद्घाटन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को प्रदेश अधिवेशन सबै प्रदेशमा एकैसाथ शुरु भएको छ ।

सम्मेलनको पार्टी अध्यक्ष पुष्पकमल ‘दाहाल प्रचण्ड’ले भर्चुअल माध्यमबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गरि १० प्रदेशको सम्मेलन गर्न लागेको हो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।

सम्मेलनको नेपाल प्रेसले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर