भक्कानिदै प्रचण्डले भने – हामी अर्कै जातका मान्छे हौं, आउने चुनावमा एक नम्बर बन्छौं (भिडिओ) – Nepal Press

भक्कानिदै प्रचण्डले भने – हामी अर्कै जातका मान्छे हौं, आउने चुनावमा एक नम्बर बन्छौं (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आउने चुनावमा एक नम्बर बन्ने दावी गरेका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफूहरु फरक जातको भएको समते दावी गरे।

हामी भनेको अलि अर्कै जात (विरासत) का मान्छे हौं,’ उनले भावुक हुँदै भने, ‘तर, हामी भेडासँग हिँड्दाहिँडदै्र भेडा जस्तै भयौं कि जस्तो लाग्छ कहिलेकाहीँ । हामी भेडा होइनौं, हामी सिंह नै हौं। हामी सिंह जस्तो गर्जिनपर्छ । सबै अआफ्नो ठाउँमा गर्जिऔं । आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो ।’

प्रचण्डले आक्रामक ढंगले प्रस्तुत हुन पनि कार्यकर्ताहरुलाई निर्देशन समेत दिए। ‘म युवा, विद्यार्थी, महिला सबै कमरेडहरुलाई भन्न चाहान्छु तपाईंहरु आक्रामक ढंगले प्रस्तुत हुनुहोस्,’ उनले भने, ‘आक्राम ढंगले हामी गयौं भने कुनै यस्ता दक्षिणपन्थी, बुर्जुवा, दलालहरुले हामीलाई केही गर्न सक्ने छैनन्।


प्रतिक्रिया

2 thoughts on “भक्कानिदै प्रचण्डले भने – हामी अर्कै जातका मान्छे हौं, आउने चुनावमा एक नम्बर बन्छौं (भिडिओ)

  1. सिंह जस्तै मांशहारी र हिंस्रक नै हुनुहुन्छ महाशय ठिक बाेल्नुभएछ । आत्मसन्तुष्टिका लागि गर्जिदैँ गर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर