सभापतिका तीन उम्मेदवारले खसाले भोट – Nepal Press
कांग्रेस महाधिवेशन

सभापतिका तीन उम्मेदवारले खसाले भोट

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवारहरू शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंहले मतदान गरेका छन् ।

काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत अहिले जारी मतदानमा तीनै उम्मेदवारले भोट हालिसकेका हुन् ।

मध्याह्न १२ बजे मतपत्र बोकेर राष्ट्रियसभा गृह छिरेका देउवा झण्डे एक घण्टापछि पौने १ बजे बाहिर निस्केका थिए । उनलाई मत हाल्न पौने घण्टा लाग्यो ।

मुख्यतः वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालासहित सभापतिमा पाँचजनाको उम्मेदवारी परेको छ । तीमध्ये देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन छ ।

शेखर कोइरालाले पनि राष्ट्रियसभा गृहस्थित मतदान केन्द्रबाट भोट हाले । सभापतिका उम्मेदवार प्रकाशमान सिंह पनि भोट हालेर बाहिरिएका छन् ।

भृकुटीमण्डप परिसर, भृकुटीमण्डप प्रदर्शनी कक्ष र राष्ट्रियसभा परिसर गरी ३ स्थानमा निर्वाचन जारी छ ।

भृकुटीमण्डप परिसरमा प्रदेश २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान केन्द्र तोकिएको छ । त्यस्तै प्रदर्शनी कक्षमा प्रदेश १, वागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्नेछन् ।

निर्वाचन समितिले २९ प्रकारका मतपत्र तयार गरेको छ । सबै मतपत्रका लागि अलग-अलग मतपेटिका राखिएको छ ।

नेपाली कांग्रेसले कागजकै मतपत्र बनाएको छ । मतदातालाई आधा घण्टादेखि एक घण्टासम्म मत हाल्न लागेको छ । मतदाताले २९ वटा मतपत्रमा चिह्न लगाउनुपर्ने छ । प्रदर्शनीमार्गमा तीन ठाउँमा मतदान केन्द्र बनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर