एमाले दोलखाका अध्यक्ष पोखरेलको राजीनामा, केन्द्रीय कमिटीको मनोयन र कार्यविभाजनप्रति असन्तुष्ट – Nepal Press

एमाले दोलखाका अध्यक्ष पोखरेलको राजीनामा, केन्द्रीय कमिटीको मनोयन र कार्यविभाजनप्रति असन्तुष्ट

दोलखा । केन्द्रीय कमिटी सदस्य मनोनयन र जिल्लाबाट आफूभन्दा कनिष्ठलाई अघि बढाइएकोमा असन्तुष्ट भएका नेकपा एमाले दोलखाका जिल्ला अध्यक्ष ईश्वर चन्द्र पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेलले नैतिकताको आधारमा एमाले दोलखाको अध्यक्षबाट राजीनामा दिएको सामाजिक सन्जालबाट घोषणा गरेका छन् । आफूले कार्यवाहक अध्यक्षको जिम्मा उपाध्यक्ष नरबहादुर श्रेष्ठलाई दिएको पोखरेलले बताएका छन् ।

एमाले दोलखाका दुई नेता आनन्द पोखरेल, पार्वत गुरुङ र ईश्वरी रिजाल पोलिटव्युरो सदस्य बनेका छन् भने सरस्वती बस्नेत र रचना खड्का केन्द्रीय सदस्य छन् । बस्नेतलाई दोलखा जिल्ला इन्चार्जको जिम्मा दिइएको छ ।

आफूभन्दा जुनियर जिल्ला इन्चार्ज भएपछि अध्यक्षमा बस्न नैतिक रुपमा नमिल्ने भन्दै पोखरेलले असन्तुष्टी व्यक्त गरेको स्रोतले जनाएको छ । उनी केन्द्रीय सदस्य मनोनयनको अपेक्षामा थिए ।

जिल्लाका सिनियर नेता पोखरेल तामाकोशी गाउँपालिकाको अध्यक्ष पनि छन् । उनले जिल्ला अधिवेशन सम्पन्न गरेर नेतृत्व छाड्ने तयारी गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर