अनेरास्ववियूको मोबाइल एप लन्च, अब एपबाटै सबै काम – Nepal Press

अनेरास्ववियूको मोबाइल एप लन्च, अब एपबाटै सबै काम

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मोबाइल एप लन्च गरेको छ । अनेरास्ववियूसँग सम्बन्धित सबै काम र गतिबिधिबारे जानकारी एउटै एपमार्फत गर्न सकिने गरी एप निर्माण गरिएको हो ।

मोबाइल एपमा अनेरास्ववियूको विधान, गीत, झन्डा, प्रचारप्रसारका सामाग्री र गतिविधि समेटिएको छ । यस्तै सदस्यताबारे काम पनि एपबाटै सम्पन्न गर्न सकिने बताइएको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रममा एपको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले गरे । कार्यक्रममा विशिष्ट अतिथिका रुपमा एकीकृत समाजवादीका विद्यार्थी फाँट प्रमुख रामकुमार भट्टराईको उपस्थिति थियो । अनेरास्ववियूका कार्यबहाक अध्यक्ष वसिम आलमको अध्यक्षता एप लन्च गरिएको हो ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालले कलम कापी बोकेर गाउँगाउँ ठाउँठाउँ पुग्नुपर्ने र सदस्य खोज्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।

डिलिटल जमानामा संगठनका काम कपि कलम बोकेर, पर्चा बाँडेर मात्र हिँड्ने दिनमात्र नभएको र अब विस्तारै हातहातबाटै काम सक्नुपर्ने भएकाले एप बनाउने काम समयअनुसार उचीत कदम भएको उनको तर्क थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर