आठ पटक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच जना आरोही माओवादी केन्द्रमा प्रवेश – Nepal Press

आठ पटक सगरमाथा आरोहण गर्ने तामाङसहित पाँच जना आरोही माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । आठ पटक सगरमाथा आरोहण गर्ने कामी सिङ्गी स्याङ्बा तामाङसहितको टोली नेकपा माओवादी केन्द्र प्रवेश गरेको छ ।

तामाङसँगै ७ पटक सगरमाथा आरोहण गर्ने सोही वडाका लाल बहादुर तामाङ, २ पटकसम्म सगरमाथाको आरोहण गर्ने मिङमार तामाङ, समाजसेवी तथा व्यवसायी नामग्याल तामाङ, नेपाली कांग्रेसका सक्रिय सदस्य तथा व्यवसायी छिरिङ तामाङ लगायत रहेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाई पार्टी प्रवेश गराएका थिए । सो अवसरमा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, रसुवा जिल्लाका नेताहरु जगतजंग, समिर, दावा मोक्तान तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गर्ने सबैलाई उचित जिम्मेवारी दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर