कांग्रेस महाधिवेशन : मतदान सकियो, मुचुल्का उठाईंदै – Nepal Press

कांग्रेस महाधिवेशन : मतदान सकियो, मुचुल्का उठाईंदै

काठमाडौं । राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत मतदान सकिएको छ । विहान करिब १२ बजेबाट सुरु भएको मतदान अहिले साढे ११ बजे मात्रै सकिएको हो । अहिले मुचुल्का उठाउने काम भइरहेको छ । केही बेरपछि मतगणना सुरु हुनेछ ।

मतदानका लागि तीनपटक सम्म समय थप भएको थियो । पहिलो पटक साँझ ५ बजेसम्मको समय तोकिएको थियो । त्यसपछि राति ९ बजेसम्मका लागि समय तोकिएको थियो। त्यसपछि १० बजेसम्मका लागि तोकिएकोमा फेरि एक घण्टा थपेर साढे ११ बजेसम्मका लागि पुर्‍याइएको थियो ।

नेपाली कांग्रेसका ४ हजार ७४३ कांग्रेसका मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर