कांग्रेस निर्वाचन : पहिलो चरणमै सभापति जित्न २३४० मत आवश्यक – Nepal Press

कांग्रेस निर्वाचन : पहिलो चरणमै सभापति जित्न २३४० मत आवश्यक

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा पहिलो चरणमै जित्न अर्थात ५० प्रतिशत कटाउन ५ जनामध्ये एक उम्मेदवारले २३४० मत प्राप्त गर्नुपर्ने देखिएको छ ।

कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ जनाले मत दिएका छन् ।

खसेको मतको ५० प्रतिशत कटाउन सभापति उम्मेदवारले २३४० मत पाउनुपर्छ ।

सभापतिका उम्मेदवार शेरवहादुर देउवा,डा।शेखर कोइराला,प्रकाशमान सिंह,विमलेन्द्र निधी र कल्याण गुरुङ कसैले पनि २३४० मत कटाउन नसकेमा दोस्रो चरणमा दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर