कांग्रेस चुनाव : सभापतिका लागि सकियो मतदान, खस्यो ४५६२ मत – Nepal Press

कांग्रेस चुनाव : सभापतिका लागि सकियो मतदान, खस्यो ४५६२ मत

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दास्रो चरणमा भएको मतदान सकिएको छ ।

दिउँसो साढे तीनबाट दोस्रो चरणको मतदान सुरु भएको मतदान अहिले केहीबेर अघि सकिएको हो ।

दोस्रो चरणमा ४५६२ मत मात्रै खसेको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले जितका लागि आवश्यक मत ल्याउन नसकेपछि दोस्रो चरणमा मतदान सुरु भएको हो ।

दोस्रो चरणमा देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो चरणमा सभापतिमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरू विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङले देउवालाई समर्थन गरेका छन् ।

मतगणना आजै हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर