देउवालाई अझै पनि जित्छु भन्ने ‘कन्फिडेन्स’ छैन : गगन थापा – Nepal Press

देउवालाई अझै पनि जित्छु भन्ने ‘कन्फिडेन्स’ छैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सभापतिमा निर्वाचित हुने ‘कन्फिडेन्स’ शेरबहादुर देउवालाई समेत नभएको बताएका छन् ।

राष्ट्रिय सभागृहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले तीन जना सभापतिका प्रत्यासीको समर्थन हुँदा पनि जित्ने विश्वास नभएको बताएका हुन् ।

मनमा डर भएकै कारण देउवा दिनभरी मतदानस्थलमा बसेर मत मागेको पनि उनले बताए ।

उनले भने — सभापतिका लागि देउवा आफै पनि कन्फिडेन्ट हुनुहुन्न । दिनभरी उभिएर एक एकलाई हात जोडेर मत माग्नुभयो । प्रधानमन्त्री दिनभरी त्यहाँ बस्नुभयो । सबैलाई हात जोडेर बस्नुभयो । मलाई स्वतन्त्र विद्यार्थीको सदस्यको चुनाव लडे जस्तै लाग्यो ।

उनले देउवालाई समर्थन गर्ने सभापतिका आकांक्षीहरुले पार्टी र जनताहरुलाई पनि जवाफ दिनुपर्ने बताए । एकदिन अगाडीसम्म कुनैपनि हालतमा नेतृत्व परिवर्तन गर्छु भन्नेहरु एक्कासी त्यही नेतृत्व ठिक छ भन्ने अवस्थामा कसरी पुगे यो कुराको जवाफ उहाँहरुले दिनुपर्छ — थापाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर