कांग्रेस सभापति निर्वाचन – देउवाको अग्रता फराकिलो बन्दै, यस्तो छ पछिल्लो रुझान् – Nepal Press

कांग्रेस सभापति निर्वाचन – देउवाको अग्रता फराकिलो बन्दै, यस्तो छ पछिल्लो रुझान्

काठमाडौं। नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा शेरवहादुर देउवाले सुरुदेखि नै अग्रता लिएका छन् ।

मतगणनाको पछिल्लो विवरण अनुसार १६०० मतगणना हुँदा शेरबहादुर देउवाले ९४०* मत प्राप्त गरेका छन् । शेखर कोइरालाले ६४८* मत ल्याएका छन् ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि देउवा र डा. शेखर कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो । दोस्रो चरणमा विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरुङ तीनै जना उम्मेदवारले देउवालाई समर्थन गरेका थिए ।

*अपडेट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर