कांग्रेस पदाधिकारीको मतगणना आज साँझदेखि सुरु गरिने – Nepal Press

कांग्रेस पदाधिकारीको मतगणना आज साँझदेखि सुरु गरिने

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्यहरूको मतगणना आज बुधबारबाट सुरु हुने भएको छ ।

कांग्रेस निर्वाचन समिति प्रमुख गोपालकृष्ण घिमिरेले आज साँझबाट मतगणना हुने जानकारी दिए । ‘अहोरात्र खटेर मतपरीणाम सार्वजनिक हुनेछ,’ उनले भने ।

पदाधिकारीको मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ। मतगणना पनि सानेपामै हुनेछ । सभापतिसहित १३४ पदाधिकारीका लागि गत सोमबार निर्वाचन भएको थियो ।

सभापतिमा भने शेरबहादुर देउवा पुनः विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई ९०७ मतले पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् ।

पहिलो चरणको निर्वाचनमा पाँच जनामध्ये कसैले पनि बहुमत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो । सभापतिको मतपरिणाम सार्वजनिक भएसँगै निर्वाचन समितिले अन्य पदाधिकारीको मतगणनाको सुरु गर्न लागेको हो ।

१४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र केन्द्रीय सदस्यका लागि चुनाव भएको थियो । कांग्रेस महाधिवेशन गत शुक्रबारबाट सुरु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर