ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति कार्यक्रम घोषणा – Nepal Press

ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौँ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ को घोषणा गरेको छ ।

सो छात्रवृत्ति एकजना नयाँ विद्यार्थीलाई उपलब्ध गराइने कलेजले बताएको छ । यो छात्रवृत्तिले पूर्ण ट्युसन, विश्वविद्यालय दर्ता र पढाइ अवधिभर परीक्षा शुल्कहरू कभर गर्नेछ ।

ओहाय परिवारद्वारा प्रदान गरिने यो फेलोसिप ब्रिटिश कलेजमा विश्वव्यापी शिक्षाबाट लाभ उठाउन सकिने छ । कलेजले उपलब्ध गराउने अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबै पृष्ठभुमिका विद्यार्थीहरुको पहुँचमा पुगोस् भनेर छात्रवृत्ति उपलब्ध गराउन लागिएको बताइएको छ ।

स्नातक तहका कोर्सहरू बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ, बीएस्सी (हन्स) विजनेश हस्पिटालिटी एण्ड म्यानेजमेन्ट र ब्राण्ड न्यू कोर्स बीएस्सी (हन्स), साइबर सेक्युरिटी, डिजिटल फरेन्सिक्सका लागि विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।

आवेदनका लागि यही २५ डिसेम्बरसम्म सीमा तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *