कांग्रेस अपडेट : १३०० मत गन्दा धनराज अगाडी, पछिपछि तीनजना – Nepal Press

कांग्रेस अपडेट : १३०० मत गन्दा धनराज अगाडी, पछिपछि तीनजना

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मत गणना जारी रहेको छ ।

१३ सय मतगणना हुँदा धनराज गुरुङले फेरि अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका गुरुङ ९ सय मत गन्दा दोस्रोमा पुगेका थिए ।

अहिले उनले ५४३ मत प्राप्त गरेका छन् ।

यस्तै पूर्णबहादुर खड्काले ५०१, विजयकुमार गच्छदारले ४५४ मत ल्याएका छन् । चन्द्र भण्डारीको ४७२ मत आएको छ ।

सुजाता कोइराला १३८
महेश आचार्य १२३
दिव्यश्वरी शाह ३५


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर