देउवालाई टेलिफोनबाटै ओलीको बधाई : दुई नेताबीच चल्यो यस्तो ठट्टा – Nepal Press

देउवालाई टेलिफोनबाटै ओलीको बधाई : दुई नेताबीच चल्यो यस्तो ठट्टा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना दिएका छन् ।

बुधबार साँझ एमाले अध्यक्ष ओलीले देउवालाई कांग्रेस सभापतिमा दोस्रो पटक निर्वाचित भएकोमा बधाई दिएको बालुवाटार स्रोतले जनाएको छ ।

टेलिफोन सम्वादमा सभापति देउवाले ओलीको शुभकामनाका लागि धन्यवाद भन्दै एमाले र कांग्रेस सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताएका थिए ।

लोकतन्त्र र संविधान रक्षाको लागि कांग्रेस र एमालेबीच राम्रो सम्बन्ध हुनुपर्नेमा देउवाको जोड थियो ।

जवाफमा ओलीले लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमाले र कांग्रेस सहयात्री भएकाले मिलेर जान आफूलाई आपत्ति नरहेको बताएका थिए ।

ओलीले टेलिफोन गरेर बधाई दिँदा दुई नेताबीच केहीबेर हाँसो ठट्टा समेत चलेको थियो ।

दुई नेताबीचको टेलिफोन सम्वाद सुनिरहेका सहयोगीहरुका अनुसार देउवाले ओलीलाई भने – मत आफैले टेलिफोन गरेर तपाईसँग बधाई माग्नुपर्ने होकी जस्तो भइसकेको थियो । तपाईले फोन गर्नुभयो धन्यवाद ।

जवाफमा ओलीले भने – बधाई दिन पाउने पहिलो अधिकार कांग्रेसजनकै भएकाले पहिलो उनीहरुले बधाई दिईसकुन भनेर मैले आज फोन गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर