कांग्रेस उपसभापतिको मतगणना – धनराजको अग्रता रोकियो, गच्छदार अघि बढे – Nepal Press

कांग्रेस उपसभापतिको मतगणना – धनराजको अग्रता रोकियो, गच्छदार अघि बढे

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मतगणना जारी रहेको छ ।

पछिल्लो ३५५८ मतगणना हुँदा पूर्ण बहादुर खड्काले अग्रता बढाउँदै लगेका छन् । उनले पुर्ण बहादुर खड्का १६३४ मत प्राप्त गरेका छन् ।

यस्तै सुरुवाती अग्रता बनाएका धनराज गुरुङलाई विजयकुमार गच्छदारले उछिनेका छन् । गच्छदारले १४४३ मत ल्याउँदा  धनराज गुरुङ्गले १४३७ मत ल्याएका छन् । उनी भन्दा पछाडि डा. चन्द्र भण्डारीले १२५७ मत ल्याएका छन् ।

यस्तै सुजाता काेइरालाकाे ४३८, महेश आचार्यकाे ४१३  र दिब्या शाह ११७ मत आएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर