कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी – Nepal Press

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।

खड्का शेरबहादुर देउवा पक्षका उम्मेदवार हुन भने गुरुङ शेखर कोइराला पक्षका उम्मेदवार हुन् । देउवा कांग्रेस सभापतिमा निर्वाचित भइसकेका छन् ।

दउवा पक्षका अर्का उम्मेदवार विजयकुमार गच्छदार केही मतअन्तर मात्रै पराजित भएका हुन् । आधिकारिक परिणाम घोषणा हुन भने बाँकी रहेको छ ।

 


प्रतिक्रिया

One thought on “कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

  1. को हुन् धनराज गुरुङ ?
    सर्वसाधारणको सामान्य पासपोर्ट मात्रै होइन, नेपाली कांग्रेसका सोझा सांसदहरुको रातो पासपोर्ट दलाललाई लगेर बेच्ने धन्दामा लाग्दै गर्दा गुरुङ तरुण दलको महासचिवसमेत थिए ।

    रातो पासपोर्ट कारोबारको धन्दाले नेपाली कांग्रेसका आमकार्यकर्ता लज्जित हुनुपर्ने अवस्था आउँछ भन्ने कुरा त्यतिबेला धनराजलाई लागेन ।

    सोझा नेताहरु रामचन्द्र अधिकारी र हस्तबहादुर मल्लको राजनीति यही प्रकरणका कारण समाप्त गराइयो तर धनराजलाई भने पुरस्कृत गरियो । यही बलियो अदृश्य शक्ति आफ्नो पछाडि रहेकै कारण धनराजलाई जे गर्न र जे बोल्न पनि छुट छ कि ?

    भन्ने आशंका पनि पार्टीपंक्तिमा देखिएको छ । केही महिनाअघि कुमार घैंटे नाम गरेका एकजना डन प्रहरीको मुठभेडमा मारिँदा कांग्रेस नेतृत्वको सरकारलाई सर्वसाधारण जनताले धन्यवाद दिए । तर धनराजले संसद्मा कुरा उठाए सरकारले ज्यादती ग¥यो, कुमार घैंटेलाई सहिद घोषणा गरिनुपर्छ ।

    कुमार घैंटेको लासमाथि कांग्रेसको चारतारे झण्डा ओढाउन जाने गगन थापा मार्काका मान्छेहरुको जुलुसमा धनराज पनि पछिपछि हिँडेको दृश्य टेलिभिजनहरुले प्रसारण गरेका थिए । यो दृश्यले नेपाली कांग्रेसका कार्यकर्ता लज्जित हुनुपरेन ?

    त्यो काण्ड चारतारे झण्डाको दुरुपयोग थिएन ? धनराज पनि घैंटेको धन्दाका सहयोगी रहेको र उनी हाल बस्ने गरेको घर त्यही धन्दाको उपज भएको टिप्पणी कांग्रेस कार्यकर्ताले नै गर्दै आएका छन् । यस्ता टिप्पणीको खण्डन गर्ने हिम्मत गुरुङले अहिलेसम्म गरेका छैनन् ।

    कांग्रेस सभापति देउवा जुन वर्ष नेपाल युथसंघको अध्यक्ष निर्वाचित भएका थिए, त्यही वर्ष स्याङ्जाका अर्जुन चौपारीको सामान्य किसान परिवारमा जन्मेका गुरुङ यतिबेला देउवा नै उप सभापति को चुनाब जितेका छन् ।

    यो उचाइको नेताले संसद्मा बोल्दा नेपाली कांग्रेसका सांसद (जो रातो पासपोर्ट र डनगिरीबाट आर्जित सम्पत्तिमा रजाइँ गरिहेका छन्) उनले लज्जित हुनुपर्ने अवस्था आएको हो भने यसको यथार्थता छानबिन हुनै पर्छ ।

    आज कांग्रेसमा मेरो हैसियत महासमिति सदस्यको मात्रै छ । मसँगै राजनीति गरेकाहरु अहिले पनि चुनाव लडिरहेका छन् । तर मलाई बीचमा एउटा आरोप लगाइयो । पासपोर्ट काण्ड रचियो । यही धनराज गुरुङहरुको कारणले मलाई ब्लेम लाग्यो । मैले त्यसमा सफाइ पनि पाएँ । त्यसमा मेरो कुनै दोष नै देखिएन । तर पनि राजनीतिमा मलाई फसाउन त्यो घटना गराइएको थियो कि जस्तो पनि लागेको छ ।

    मलाई त त्यो रातो पासपोर्टको बारेमा थाहै पनि थिएन । धनराज गुरुङले हामीलाई अलिकति सहयोग गर्नुपर्‍यो दाइ, हामी त्यसलाई दुरुपयोग गर्दैनौं, यताउति भनेर फकायो । म त सोझो मान्छे, साथीभाइले भनेपछि हार्न नसक्ने । धनराज त्यतिबेला नेविसंघको अध्यक्षबाट निस्केर तरुण दलतिर कता थियो ।

    मलाई त त्यो रातो पासपोर्टको बारेमा थाहै पनि थिएन । धनराज गुरुङले हामीलाई अलिकति सहयोग गर्नुपर्‍यो दाइ, हामी त्यसलाई दुरुपयोग गर्दैनौं, यताउति भनेर फकायो । म त सोझो मान्छे, साथीभाइले भनेपछि हार्न नसक्ने । धनराज त्यतिबेला नेविसंघको अध्यक्षबाट निस्केर तरुण दलतिर कता थियो ।
    धनराजले पासपोर्ट लगेर कहाँ राखेको थियो, त्यही ठाउँमा सिज गरेर समातेर बाहिर आयो । त्यसबेला उसले अरु सांसदको पनि पासपोर्ट त्यसैगरी लगेको रहेछ । उसले के गर्छु भनेर लगेको हो मलाई थाहा भएन । कहीँबाट सन्चालित थियो कि भन्ने पनि लाग्यो ।

    मलाई ड्यामेज गर्नका लागि उनलाई युज गरेको हो कि ? तर कुनै स्वच्छ र सही तरिकाले मेरो पासपोर्ट लगेको होइन रहेछ । कुनै डिजाइनमा गरेको थियो भन्ने घटनाक्रमले बुझ्न सकिन्छ । मेरोमात्र होइन, हस्तबहादुर मल्ललगायतको पनि थियो, तर उनीहरुले पनि पछि टिकट पाए, मलाईचाहिँ कारवाही गरियो ।

    म उनीप्रति (धनराजप्रति)कुनै नकारात्मक टिप्पणी पनि गर्दिनँ । तर त्यो सही र गलत को हो भन्ने प्रकृति र नियतिले पनि एकदिन छुट्याउनेछ भन्ने मलाई विश्वास छ । म अध्यात्ममा विश्वास राख्ने मान्छे । हामीले कसैलाई केही भन्नु पर्दैन । त्यो परिस्थिति घटनाक्रमले ती मान्छे कस्ता हुन् भन्ने अन्तिमसम्ममा चिनिने छन् ।

    मलाई २०५६ सालको आमचुनावमा टिकट बाँड्ने बेलामा कारवाही गरियो । चुनाव अगाडि कारवाही गरिए पनि सबैभन्दा बढी भोट मेरो एरियाबाट कांग्रेसलाई गयो । मैले व्यक्तिगत कांग्रेस बनाएको भए त ती अन्त लाग्दा हुन् नि । मैले त रियल कांग्रेस बनाएको थिएँ । म कारवाहीमा परेपनि घर–घरमा गएर कांग्रेसको लागि भोट मागेँ ।

    चुनाव प्रचारमा जाने बेलामा गिरिजाबाबुले राम्रो गरेर आउनुस्, म कारवाही फुकुवा गरिदिन्छु भन्नुभएको थियो । चुनाव सकिएपछि फुकुवा त गरिदिनुभयो, तर ड्यामेज भइसकेपछि त्यसको के अर्थ ?

    मैले केही गरेको थिइनँ, तर मेरो राजनीतिमा धक्का लाग्यो । तर जसले मलाई फसायो ऊचाहिँ नेता भयो ।

    (कांग्रेस नेता तथा विश्व हिन्दू महासंघका अध्यक्ष पूर्वमन्त्री रामचन्द्र अधिकारीसँग कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर