धनराजसँग विजयकुमार गच्छदार २ मतले पराजित, यस्तो छ अन्तिम नतिजा
नेपाल प्रेस
२०७८ पुष १ गते १:५७
काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।
१४ औं महाधिवेशनबाट खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।
यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।
उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त ग रे ।
प्रतिक्रिया
विचार दिने महेशकाे हरिविजाेग, बालुवाटार भ्याउने गच्छदारलाई हाटहुट पारेर हराईयाे । यस्ताे काँग्रेसले के गर्छ देश विकास ?