कांग्रेस महाधिवेशन- महामन्त्रीको मतगणना सुरु हुँदै – Nepal Press

कांग्रेस महाधिवेशन- महामन्त्रीको मतगणना सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत २ जना महामन्त्रीका लागि भएको निर्वाचनको मतगणना आज हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले अहिले विहान ८ बजेदेखि महामन्त्रीको मतगणना सुरु गर्ने जनाएको छ । उपसभापतिको मतगणना भएकै स्थल पार्टी केन्द्रीय कार्यालय सानेपामै महामन्त्रीको पनि मतगणना हुन लागेको हो ।

दुई महामन्त्रीका लागि महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवा नेतृत्वको प्यानलबाट डा. प्रकाशशरण महत , प्रदीप पौडेल, डा. शेखर कोइराला नेतृत्वको प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको प्यानलबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको प्यानलबाट डा. राजाराम कार्की महामन्त्रीको दौडमा रहेका छन् ।

यसअघि सम्पन्न मतगणनाबाट सभापतिमा शेरबहादुर देउवा तथा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर