अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्युदर ३४ प्रतिशतले वृद्धि – Nepal Press

अमेरिकामा कोरोना संक्रमण ४० प्रतिशत र मृत्युदर ३४ प्रतिशतले वृद्धि

न्यूयोर्क । अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहिबार सार्बजनिक तथ्याङ्क अनुसार अमेरिकामा हालसम्म कूल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्यु दर वृद्धि भएको छ ।

बुधबारसम्म कूल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड सङ्क्रमित भइसकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ ।

यसैगरी सिडिसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१।१ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ७२।३ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४। ६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२।२ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ बर्ष माथिका उमेरकाले ७०।५ प्रतिशत र ५ बर्ष भन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन ।

त्यस्तै ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७।३ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हाल सम्म तेश्रो खोप लिनेको संख्या ५ करोड ६० लाख नाघेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर