राखेपमा माओवादी कार्यकर्ताको हुल, रमेश सिलवाल रोकिए – Nepal Press

राखेपमा माओवादी कार्यकर्ताको हुल, रमेश सिलवाल रोकिए

काठमाडौं । सदस्यसचिव रमेश सिलवाललाई अवरोध गर्न माओवादी कार्यकर्ताहरु राष्ट्रिय खेलकुद परिषदमा हुन बाँधेर पसेका छन् ।

आज कार्यालयमा कमब्याक गर्ने तयारीमा रहेका सिलवाल माओवादी कार्यकर्ताले अवरोध गर्ने बुझेपछि रोकिए ।

ओली सरकारको पालामा सदस्य सचिव नियुक्त भएका सिलवाललाई देउवा सरकारले हटाएको थियो ।

उनको ठाउँमा माओवादी नेता टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरियो । तर, सर्वोच्च अदालतले सिलवाललाई हटाउने र घिसिङलाई नियुक्त गर्ने दुवै निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

सर्वोच्चको आदेशपछि सिलवालले आजबाट कार्यालय फर्किने तयारी गरेका थिए । यो थाहा पाएर माओवादीका कार्यकर्ता हुल बाँधेर राखेमा प्रवेश गरेका हुन् ।

तनाव उत्पन्न हुने देखिएपछि प्रहरीले राखेपमा सुरक्षा दिएको थियो । प्रहरीकै सुझावपछि राखेप आज कार्यालय नजाने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर