बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर – Nepal Press

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

‘बिहीबार, १६ डिसेम्बर, २०२१ मा राष्ट्रपतिले कानूनमा हस्ताक्षर गरेका छन् । जसले ऋण सीमा २.५ ट्रिलियन डलरले बढाउने अधिकार प्रदान गर्दछ’ ह्वाइट हाउसले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो उपायले २०२२ को मध्यावधि चुनाव नपुग्दासम्म सरकारलाई काम गर्नका लागि ऋणको सीमा बढाउँछ। नयाँ कानुन अन्तर्गत अमेरिकी संघीय ऋण ३१.४ ट्रिलियन अमेरिकी डलर पुग्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर