सभामुखले संसदलाई नौटंकी बनाए : विष्णु पौडेल (भिडिओ) – Nepal Press

सभामुखले संसदलाई नौटंकी बनाए : विष्णु पौडेल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सभामुख अग्निप्रसाद सापकोटाले लोकतान्त्रिक पद्धतिको खिल्ली उडाउँदै संसदलाई नौटंकी बनाएको आरोप लगाएका छन् ।

एमाले निकट नेपाल राष्ट्रिय वाणिज्य संघको महाधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दे उनले देशलाई बन्धक बनाएर महिनौ देखि अवरुद्ध संसदलाई सञ्चालन गर्न नसकेर नौटंकी बनाएको बताएका हुन् ।

उनले भने – पछिल्लो सयम न्यायपालिका प्रतिको विश्वास जनतामा गुम्दै जानु, कार्यपालिकाले खर्च बजेट कार्यन्वय गर्न नसक्नु अनी सभामुखले संसद सञ्चालन गर्न नसक्नुले नेपाली जनता प्रति सत्तागठबन्धनको विस्वास गुम्दै गएको छ ।

एमाले नेतृत्वको सरकार भएको समयमा देशको अर्थतन्त्र बचाउने जनताले देख्नेगरी काम भएको उनको भनाई थियो ।

उनले भने – नेकपा एमालेले सरकारको नेतृत्व गर्दा कठोर रुपमै प्रहार भएपनि देशको अर्थतन्त्रलाई बचाउन जनताले देख्ने गरी काम भएको छ । तर अहिलेको गठबन्धनले समन्वय गर्न समेत नसक्दा अवको निर्वाचनमा जनताले मार्क गरी सकेका छन् ।

आर्थिक इण्डिकेटरहरुलाई बिग्रिन नदिएर देशको उन्नतीमा एमाले सरकारले भूमिका खेलेको उल्ल्ेख गर्दै उनले अहिले राज्यका मुख्य तीन अंग व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका भताभुंग भएको उनले आरोप लगाए ।

सभामुखले दम्भ त्याग नगरेसम्म व्यवस्थापिका चल्न नसक्ने पौडेलको प्रस्टोक्ति थियो । उनले सभामुखलाई तटस्थ र निष्पक्ष भूमिकामा रहन समेत उनले सुझाव दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर