मधेश पुगेर महेश बस्नेतको प्रश्न – हाइटेकवाला एमाले रोज्ने कि हिलटेकवाला कांग्रेस ? (भिडिओ) – Nepal Press

मधेश पुगेर महेश बस्नेतको प्रश्न – हाइटेकवाला एमाले रोज्ने कि हिलटेकवाला कांग्रेस ? (भिडिओ)

बारा । नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले नेकपा एमालेको महाधिवेशनले केपी ओलीको देवत्वकरण होइन नेतृत्वकरण गरेको बताएका छन् ।

बाराको बिश्रामपुर गाउँपालिकामा विभिन्न दलका नेता कार्यकर्तालाई एमाले प्रवेश गराउँदै बस्नेतले एमालेबाट आत्तिएर कांग्रेसका केही नेता कुप्रचारमा उत्रिएका आरोप लागए ।

बस्नेतले एमालेको महाधिवेशनबाट सबैले जितेको भन्दै कसैले पनि नहार्ने नीति र नेतृत्व एमालेले चयन गरेको दावी समेत गरे ।

बस्नेतले भने – एमालेको महाधिवेशनलाई ओलीवेशन भन्ने कांग्रेसका नेताहरुले पानी ट्यांकी अधिवेशन गरेका छन् । जबकी दुनियाले एमालेले हाइटेक महाधिवेशन गरेको भनिरहेका छन् । अब युवाहरुले हाइटेकवाला एमाले रोज्ने कि हिलटेकवाला कांग्रेस रोज्ने ?

बस्नेतले मधेशमा एमालेको बारेमा फैलाइएको भ्रम टुट्दै गएको बताए । सो कार्यक्रममा एमाले नेताहरु बलबीर प्रसाद चौधरी, ज्वालाकुमारी साह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।

कार्यक्रममा बिश्रामपुरको उपप्रमुख उम्मेदवार बनेका कांग्रेस नेतासहितका विभिन्न दिलका नेता कार्यक्रम एमालेमा प्रवेश गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर