मीनेन्द्रको राजीनामा स्वीकृत, रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिए – Nepal Press

मीनेन्द्रको राजीनामा स्वीकृत, रक्षामन्त्रीको जिम्मेवारी प्रधानमन्त्रीले लिए

काठमाडाै‌ं । रक्षामन्त्रीबाट डा. मीनेन्द्र रिजालले दिएको राजीनामा स्वीकृत गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रिजालको राजीनामा स्वीकृत गरेकी हुन् ।

राजीनामा स्वीकृतसँगै मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका छन् ।

पुस १ गते रिजालले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका थिए । नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महामन्त्री लडेका मीनेन्द्रले चुनावमा पराजित भएपछि नैतिकरूपमा राजीनामा दिएको बनाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर