सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय विस्तार – Nepal Press

सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय विस्तार

काठमाडौं । पर्यटनको अथाह सम्भावना रहेपनि आवश्यक प्रचारप्रसार हुन नसकेको सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय विस्तार भएको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम बहादुर आलेले कैलालीको धनगढीमा प्रदेश कार्यालयको उद्घाटन गरे ।

यस अघि क्षेत्रगत रुपमा बोर्डले सम्पर्क कार्यालय स्थापना गरेर काम गर्दै आएका छन् । संघिय संरचनामा देश परिर्वतन भएपनि बोर्डले कार्यक्षेत्र विस्तारका लागि प्रादेशिक कार्यालयहरु भने विस्तार गर्न सकेको थिएन ।

यो आर्थिक वर्षमा तीन वटा प्रदेशमा कार्यालय विस्तार गर्ने लक्ष्य रहेको बोर्डका उपाध्यक्ष चन्द्र रिजालले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा सोमबार कार्यालय विस्तार गरि सकेको र बाँकी प्रदेश नम्बर एक को धरान, लुम्विनी प्रदेशको भैरहवामा स्थापना गर्ने तयारीमा रहेको उनले नेपाल प्रेसलाई जानकारी दिए ।

बागमती प्रदेशको भृकुटिमण्डपमै रहने र गण्डकी प्रदेशको पोखरामा यस अघिनै कार्यालय रहेकाले थप प्रदेश नम्बर दुई र कर्णाली प्रदेशमा आउने आर्थिक वर्षमा कार्यालय विस्तार गरी पर्यटन प्रवर्द्धन  कार्यक्रमलाई तिव्रता दिने बोर्डले निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर