माओवादी केन्द्रको वागमती प्रदेशमा ५० मत गन्दा – Nepal Press

माओवादी केन्द्रको वागमती प्रदेशमा ५० मत गन्दा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा ५० मत गन्दा अध्यक्षमा सरल सहयात्रीको अग्रता कायमै रहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार अध्यक्षमा सहयात्रीले ३३ मत प्राप्त गरेर अग्रता कायम गरिरहेका छन् भने क्रमस दोस्रोमा दिनानाथ गौतमले १६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा रुपा महर्जनले ३३ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् भने दोस्रोमा मैनकुमार मोक्तानले १५ मत र शिव कोइरालाले १४ मत प्राप्त गरेका छन् ।
यस्तै सचिवमा इन्द्रबहादुर थिङले २८ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने दोस्रोमा महेश्वर फुयाल र दलबहादुर बुर्लाकोटीले १६÷१६ मत तथा रामचन्द्र अधिकारीले १४ मत प्राप्त गरका छन् ।

यस्तै सहसचिवमा प्रकाश श्रेष्ठले २२ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने दोस्रोमा माधव लामिछानेले १७ मत तथा नवराज ढुंगानाले १४ मत प्राप्त गरेका जनाइएको छ । कोषाध्यक्षमा भने संगीता भट्टराईले २५ मत प्राप्त गरेर अग्रता कामयै राखेकी छन् भने दोस्रोमा इन्दिरा अधिकारीले १६ मत र तेस्रोमा विदुर खड्काले पाँच मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर