मिस वर्ल्ड स्थगित भएपछि काठमाडौं फर्किइन् नम्रता, एकसाता होम आइसोलेसनमा बस्ने – Nepal Press

मिस वर्ल्ड स्थगित भएपछि काठमाडौं फर्किइन् नम्रता, एकसाता होम आइसोलेसनमा बस्ने

काठमाडौं । मिस वर्ल्डको ग्रान्ड फिनाली अन्तिम समयमा स्थगित भएपछि मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ स्वदेश फर्किएकी छिन् ।

टर्किस एयरलाइन्सको जहाजबाट सोमबार अपरान्ह काठमाडौं आइपुगेकी नम्रतालाई त्रिभुवन विमानस्थलमा द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसकार लगायतले स्वागत गरे ।

अमेरिकामा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिएकाले मिस वल्र्डका स्टाफ, प्रतिस्पर्धी र आयोजक समेत संक्रमण भएपछि फिनाली स्थगित गरिएको थियो ।

संक्रमणको अवस्था सामान्य भए ९० दिनभित्र पुनः फिनाली आयोजना गर्ने जनाइएको छ । तर, अमेरिकामा पछिल्लो समय ओमिक्रोन संक्रमण उच्च दरमा फैलिइरहेको छ ।

मिस वर्ल्डका अन्य प्रतिस्पर्धीमा कोरोना संक्रमण पुष्टि भएपनि मिस नेपाल नम्रताको परीक्षण भने नेगेटिभ पुष्टि भएको थियो । काठमाडौं आइपुगेकी नम्रता एकसाता घरमै आइसोलेसनमा बस्ने भएकी छिन् ।

मिस वर्ल्डको यो संस्करणमा नम्रता अन्तिम ३० भित्र प्रवेश गरिसकेकी छिन् । मल्टिमिडिया र ब्यूटी विथ पर्पस विधामा नेपालको दाबेदारी कायमै छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर