कास्कीमा अब कांग्रेसले जित्छ : केन्द्रीय सदस्य बराल – Nepal Press

कास्कीमा अब कांग्रेसले जित्छ : केन्द्रीय सदस्य बराल

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले आगामी निर्वाचनमा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने दावी गरेका छन् ।

१४ औं महाधिवेशनबाट खुल्ला तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलोपटक गृहजिल्ला पुगेका बरालले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कांग्रेसलाई जिताउनु नै आफ्नो लक्ष्य भएको बताए ।

‘कास्कीमा कांग्रेसको इतिहास पनि छ, जनमत पनि छ । विगतमा कांग्रेस पछाडि परेका कारण कास्कीपनि पछाडी परेको छ । अब कास्कीका सबै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा कांग्रेसले जित्नेगरी संगठन गर्छौ ’, बरालले भने’ ।

१४ औं महाधिवेशनले पार्टीभित्र नयाँ उत्साह सञ्चार गराएको बताउँदै बरालले लोकतान्त्रिक प्रतिस्पर्धाका तीतामिठा क्षण बिर्सेर संगठन सुदृढीकरणमा ध्यान दिनुपर्ने बताए ।

केन्द्रीय सदस्यका रुपमा पहिलो पटक पोखरा पुग्दा बराललाई विमानस्थलमा स्वागत गरिएको थियो ।

उनले वीपी कोइराला र गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्दै कांग्रेसलाई सशक्त बनाउन योगदान गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर