९० वर्ष माथिका नागरिकलाई घरमै भत्ता : मन्त्री रेग्मी – Nepal Press

९० वर्ष माथिका नागरिकलाई घरमै भत्ता : मन्त्री रेग्मी

काठमाडौं । सरकारले ९० वर्ष भन्दा माथिका जेष्ठ र अशक्त नागरिकलाई घरमै भत्ता पुर्‍याउने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले गरेको कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ९० वर्षभन्दा माथिका र अशक्त ज्येष्ठ नागरिकलाई घर घरमै बृद्धभत्ता पुर्‍याउने व्यवस्था गर्ने प्रतिवद्धता जनाएकी हुन् ।

योजना लागु गर्न सरकारले कर्मचारीलाई छ्टिटै निर्देशन दिने उनले बताइन् ।

यो व्यवस्था लागु भएपछि ज्येष्ठ नागरिक भत्ता लिनका लागि स्थानीय तहको कार्यालयमै पुग्नुपर्दैन । अहिले भत्ता वितरण स्थानीय तहले वडा कार्यालयबाट गर्दै आएका छन् ।

उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिकको हित हुने गरी विशेष कानुन निर्माण गर्ने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर