तस्बिरमा क्रिसमस इभको चहलपहल
काठमाडौं । भोलि २५ डिसेम्बर, अर्थात क्रिसमस डे । इसाई धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व क्रिसमस इभले नेपालका सहरबजार पनि तातेको छ । यशु ख्रिष्टको जन्मदिनमा विश्वभर नै क्रिसमस मनाइन्छ ।
सरकारले क्रिसमको अवसरमा सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । यद्यपि यसवर्षको क्रिसमस शनिबार परेको छ ।
नेपालमा पनि पछिल्लो समय विशेषगरी युवाहरू यस पर्वमा आकर्षित देखिन्छन् ।
काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक केन्द्र, मलहरूमा क्रिसमस झल्कने गरी विभिन्न सजावट गरिएको छ । यहाँ मानिसहरूको जमघट पनि उत्तिकै छ ।
प्रतिक्रिया
सम्बन्धित खवर