एमाले निकट भूपू सैनिक तथा प्रहरी संगठनको नेतृत्वमा हेरफेर – Nepal Press

एमाले निकट भूपू सैनिक तथा प्रहरी संगठनको नेतृत्वमा हेरफेर

पोखरा । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको नेतृत्वमा हेरफेर भएको छ ।

संगठनको इन्चार्जमा पूर्व मन्त्री तथा एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेलले जिम्मेवारी पाए लगत्तै बसेको पहिलो बैठकले तत्कालका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी लालकाजी गुरुङलाई दिएको छ ।

नवनियुक्त इन्चार्ज पोखरेलको उपस्थितिमा पोखरामा आइतवार बसेको बैठकले संगठनका केन्द्रीय अध्यक्ष धनवहादुर चन्द अस्वस्थ भएकाले उपाध्यक्ष लालकाजीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो ।

संगठनको आगामी बैठक पुस २७ गते ललितपुरमा आयोजना हुने भएको छ । बैठकले कार्यवाहक अध्यक्ष गुरुङको अध्यक्षतामा विधान संशोधनको लागि ३ सदस्यीय समिति गठन गरेको छ ।

सो अवसरमा संगठनका नवनियुक्त इन्चार्ज पोखरेललाई स्वागत तथा सम्मान गर्दै इन्चार्जको जिम्मेवारी प्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर