प्रचण्डको प्रशंसा गर्दै वामदेवले भने- सुसंस्कृत र भव्य देखिनुभयो – Nepal Press

प्रचण्डको प्रशंसा गर्दै वामदेवले भने- सुसंस्कृत र भव्य देखिनुभयो

काठमाडौं। तत्काली नेकपा (एमाले) नेता एवम् पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा गरेका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवशेनमा शुभकामना व्यक्त गर्दै गौतमले आफ्नो सम्बोधनमा कसैप्रति दुर्वचन नबोलेको र संक्षिप्त बोलेको भन्दै प्रशांसा गरेका हुन्।

कतिपय नेताले आफ्नो भाषणमा अरुको आलोचना मात्रै गर्ने गरेको भन्दै प्रचण्ड त्यो मानेमा सुसंस्कृत र भव्य देखिएको गौतमको टिप्पणी छ। ‘माओवादी आठौं राष्ट्रिय महाअधिवेशन उद्घाटन समारोहमा अध्यक्ष प्रचन्डले शुभकामना दिने सबै अतिथिहरुको मुक्तकण्ठले प्रसंसा गर्दै धन्यवाद दिनुभयो,’ गौतमले लेखेका छन्, ‘आफ्ना विचार पनि संक्षिप्त रुपमा र तर्कयुक्त राख्नु भयो। उहाँको मन्तव्यमा एउटा पनि दुर्वचन थिएन।’

उनले थपेका छन्, ‘कतिपय पार्टीका नेता दुर्वचनवाट आफ्नो मन्तव्य शुरु गर्छन् र दुर्वचनवाटै मन्तव्य अन्त्य गर्छन्। उनको तुलनामा प्रचण्ड अत्यन्त सुसंस्कृत र भव्य देखिनुभयो। प्रचण्डजीलाई धेरै धेरै बधाई र धन्यवाद दिन्छु।’

माओवादी महाधिवेशन उद्घाटन समारोहमा गौतम उपस्थित भने थिएनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर