मेरो पराजयको कारण भाइ-बहिनी मिलाउन नसक्नु पनि हो : शेखर कोइराला – Nepal Press

मेरो पराजयको कारण भाइ-बहिनी मिलाउन नसक्नु पनि हो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मतदाताले दिएको मतदानले वरीयता कायम गरेको बताएका छन् ।

१४औं महाधिवेशनपछि पहिलो पटक गृह जिल्ला मोरङ पुगेका कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफूलाई आएको मतदानले नै वरीयता कायम गरिदिएको बताएका हुन् ।

कांग्रेस केन्द्रीय कमिटीको बैठकले केन्द्रीय सदस्य मनोनीत गर्दै २०औं नम्बरको वरीयता कायम गरेको थियो । कार्यकर्ताको माया नै आफ्नो वरीयता हुने उनको तर्क रहेको थियो ।

उनले सभापतिमा हार बेहोर्नुमा आफ्नो पनि कमजोरी भएको बताएका छन् । डा. शशांक कोइराला र सुजाता कोइरालाप्रति लक्षित गर्दै उनले आफ्नै भाइ-बहिनी तथा नेतालाई मिलाउन नसक्नु कमजोरी भएको बताए ।

उनले स्थानीय तहको निर्वाचनमा केन्द्रित हुनसमेत कार्यकर्तालाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगले वैशाख २० गते भित्रमा स्थानीय तहको निर्वाचन गर्ने भनेर भनिसकेकोले आफू अहिले त्यसमै व्यस्त हुने उनले बताए ।

तपाई निकटकालाई सभापति शेरबहादुर देउवाले टिकट दिनु हुँदैन होला नि भन्ने प्रश्नमा उनले त्यस्तो नहुने जवाफ दिएका थिए ।

विधानमै पराजित उम्मेदवार केन्द्रीय कमिटीमा रहने भन्ने उल्लेख गरिएको भन्दै नेता कोइरालाले केन्द्रीय कमिटीको बैठकमा भने सहभागी हुने संकेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर