रातारात कमाउनेलाई पार्टीले हस्तक्षेप गर्नुपर्छ : माधव नेपाल (भिडिओ) – Nepal Press

रातारात कमाउनेलाई पार्टीले हस्तक्षेप गर्नुपर्छ : माधव नेपाल (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दु:ख नै नगरि रातारात कमाउन चाहानेहरु बढीरहेको भन्दै त्यसमा हस्तक्षेप गर्नुपर्ने बेला आएको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभागृहमा नेकपा एस र नेकपा जनवादीबीच पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘दलाल पुँजीको दबदवा बढी रहेको छ,’ नेपालले भने, ‘रातारात कमाउन चाहानेहरु बढी रहेका छन् । निरन्तर लुट्ने अनि कमाउने प्रवृत्ति छ । यसलाई रोक्नुपर्छ । हस्तक्षेप गर्नुपर्छ ।’

नेपालले आफ्ना पार्टीका कार्यकर्ता र आफ्नो पार्टीको सरकारले संचाल गरेका सरकारको पनि अनुगमन गर्नुपर्ने बेला आएको नेपालले बताए ।

‘पार्टीमा पनि अब हाम्रा कार्यकर्ताले कस्तो काम गरिरहेका छन् अनुगमन गर्नुपर्छ,’ उनले भने, ‘केन्द्रदेखि स्थानीय सरकारसम्मको अनुगमन गर्नुपर्छ ।’

उनले जथाभावी विकासका काम अगाडि बढाउने प्रवृत्ति बढेको समेत बताए ।

नेपालले भने, ‘बाटो बनाउँदा पनि विचार पुर्‍याइदैन । कुन बाटो बनाउनुपर्ने छ । सडक कति फराकिलो पार्ने, आवास कसरी वसाउन यी सबैको योजना बनाउनुपर्छ ।’

उनले थपे, ‘अधिकांश रकम भ्रष्टचारमा प्रयोग भइरहकेको छ । त्यसकारण हामीले नयाँ तरिकाले सोच्नुपर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर