हिउँले ढाकियो चन्द्रागिरी, हेर्नुस् ६ तस्बिर
नेपाल प्रेस
२०७८ पुष १४ गते ८:४८
काठमाडौं । न्यूनचापीय वायुका कारण राजधानी उपत्यकालगायत देशैभर गएरातिदेखि वर्षा भइरहेको छ । वर्षाका कारण उच्चपहाडी र हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ।
उपत्यकाको प्रमुख पर्यटकीय क्षेत्र तथा सबैभन्दा अग्लो स्थान चन्द्रागिरी डाँडामा पनि विहानैदेखि हिमपात भइरहेको छ ।
चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेव मन्दिर तथा उद्यान क्षेत्रमा हिउँले पूरै ढाकिएको छ । हिउँ परेपछि त्यहाँ मनोरम दृश्य देखिएको छ ।
काठमाडौंकै सबैभन्दा अग्लो स्थान र केवलकारसमेत जोडिएकाले पछिल्ला केहि वर्षदेखि हिउँ खेल्नका लागि आन्तरिक पर्यटकको आकर्षक गन्तव्य हुँदै आएको छ ।
तस्बिर: चन्द्रागिरी हिल्स लिमिटेड
प्रतिक्रिया